Erani Mahal
पाल्पामा ५ कोरोना संक्रमित थपिए, १५ जना निको भएर घर फिर्ता
corona-virus-covid-19
पाल्पा– पाल्पामा मंगलवार ५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पन्थीको अनुसार थपिएका संक्रमितमा रामपु्रका २ स्वास्थ्यकर्मी महिला र रैनादेवी छहराका ३ पुरुष रहेका छन् । ५ जना थपिएसँगै पाल्पामा कुल संक्रमितको संख्या ७ सय ४० पुगेको छ । १५ जना निको भएर घर फिर्ता पाल्पामा मंगलवार १५ जना निको भएर घर फिर्ता भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार ८ जना ११ गते र ७ जना १३ गते गरी १५ जना निको भएर मंगलवार घर फिर्ता भएका हुन् । उनीहरु स्वास्थ्य मापदण्ड अनुसार १४ दिन आइसोलेशनमा बसेर कुनै लक्षण नदेखिएको तथा समस्या नआएका कारण सरकारी मापदण्ड अनुसार घर फिर्ता गरिएको कार्यालयले जनाएको छ । पाल्पामा अहिलेसम्म ६ सय ६४ जनाले काेराेना जितेर घर फर्किएका छन् भने ४ जनाकाे काेराेनाकाे कारण निधन भएकाे छ । अहिले पाल्पामा ७२ जना सक्रिए काेराेना संक्रमितहरु रहेकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update