Erani Mahal
पाल्पाकाे रिब्दीकाेटमा गाेठ भत्किदा एक जनाकाे मृत्यु, एक घाइते
pppp
पाल्पा – जिल्लाको रिब्दीकोट–७, डबकामा गोठ भत्किदा च्यापिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोमबार दिउँशो डबकाका स्थानीय बासिन्दा पुतली विकको गोठ मर्मतको क्रममा गोठ भत्किदा सोही स्थानका ५५ वर्षिय हरि लम्तरीको मृत्यु भएको प्रहरीले जनाएको छ । लम्तरीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । उक्त गोठको गारो एक्कासी भत्कन जाँदा गोठ मर्मतको काम गरिरहेका अर्का ४८ वर्षका अमर पेग्मीमगर घाइते हुनुभएको छ । घाइते पेग्मीको उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएको छ । प्रहरीका अनुसार गोठमा रहेका १ वटा भैसी, २ वटा पाडी र २ वटा बाख्रा समेत पुरिएको छ । थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update