Erani Mahal
लामाे रस्साकस्सीपछि पाल्पा बारकाे नेतृत्व चयन, अध्यक्षमा कार्की
baar
पाल्पा – लामो रस्साकस्सीपछि कानुन व्यवसायीहरूकाे साझा संस्था नेपाल बार एशोसिएसन पाल्पाले नयाँ नेतृत्व पाएको छ । तीन दिनको गृहकार्यपछि पाल्पा बारको अध्यक्षमा विनोद कार्की निर्वाचित हुनुभएको छ । शुक्रबारदेखि नेतृत्व चयन प्रक्रिया अगाडि बढेपनि अध्यक्षमा दुई जनाको दावी भएपछि निर्वाचन प्रक्रिया लम्बिएको हो । अध्यक्ष पदमा नवनिर्वाचित अध्यक्ष कार्की र निवर्तमान सचिव नारायण ज्ञवालीको दावी रहेको थियो । यद्यपी अध्यक्ष सहितको पदमा सहमति अनुसार चयन गरिएको छ । निर्वाचन भए ज्ञवालीले अध्यक्ष पदमा चुनाव लड्ने बताउँदै आउनुभएको थियो । यद्यपी प्रजातान्त्रिक पक्षधर कानुन व्यवसायी र प्रगतिशील पक्षधर कानुन व्यवसायीका बीचमा भएको सहमतिबाट नयाँ नेतृत्व चयन गरिएको बताइएको छ । आइतबार भएको सहमतिअनुसार बारको उपाध्यक्षमा लालकुमारी राना, सचिवमा शान्ति बस्याल, कोषाध्यक्षमा जीतबहादुर लामिछाने, सदस्यमा घनश्याम ढकाल, राजेन्द्रप्रसाद बस्याल निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमै रामचन्द्र पौडेल, शंकरप्रसाद शर्मा, शालिकराम घिमिरे, सुरेशप्रसाद गौतम र सूर्यप्रसाद न्यौपाने रहनुभएको छ । निर्वाचन समितिका संयोजक भविश्वर भट्टराईका अनुसार केन्द्रीय पार्सदमा जोगबहादुर विक, हरिप्रसाद बस्याल र गीता शर्मा रहनुभएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  २२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update