Erani Mahal
पाल्पामा थप तीन जनामा काेराेना पुष्टि, कुल संक्रमित संख्या ७ सय ३२
1585316796corona-test-lab-1
पाल्पा – पाल्पामा आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तानसेनका १ महिला र १ पुरुष गरी २ जना र रम्भाका १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । योसँगै पाल्पामा ७३२ जना कोरोन संक्रमित भएका छन् । पाल्पामा हालसम्म ६५७ जना कोरोना निको भएर घरमा फर्किएका छन् । अहिले बाँकी ७४ जना कोरोना संक्रमित विभिन्न आइसोलेसन सेन्टर तथा अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । पाल्पामा हालसम्म ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । पाल्पामा हालसम्म ८ हजार १२५ जनाको पीसीआर परीक्षण भएको छ । त्यसमध्ये ७३२ जना मात्र कोरोना संक्रमित देखिएका छन् । यो संख्याको आधारमा हेर्ने हो भने पाल्पा जिल्लाको संक्रमित प्रतिशत ९ हुन्छ ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update