Erani Mahal
निस्दीकाे माैलाथरमा पहिराेले विद्यालय भवन पुरियाे
120161583_691116411491258_2354030088194612796_n
पाल्पा- अविरल वर्षका कारण निस्दीमा एक विद्यालय पहिरोले पुरेको छ । निस्दी गाउँपालिका ४ मित्याल , मौलाथर स्थित मौलादेवी आधारभूत विद्यालयको २ वटा कोठा पहिरोले पुरेर पुर्ण रूपमा क्षति पुर्याएको छ । बुधबार राति विद्यालय पछाडि बाँस घारी सहित झरेको पहिरोले करिब ५ लाख बराबरको क्षति पुर्याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पान बहादुर सोतीले बताउनुभयो । यो समाचार तयार पर्दासम्म पानी परिरहेकोले थप क्षति हुन सक्ने भन्दै विद्यालयका महत्त्वपूर्ण सामग्रीहरु सुरक्षित ठाउँमा सारेको कार्यालय सहयोगी मीन बहादुर सोमैले बताउनु भयो । पहिरो झरेको खबर सुनेपछि निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्याल सहितको टोलि विद्यालयमा पुग्नुभएको हाम्रा सहकर्मी धनबहादुर ठाडाले जनाउनुभएकाे छ ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update