Erani Mahal
पाल्पामा पहिराेकाे वितण्डा : मानवीय र लाखाैँकाे भाैतिक क्षति (विवरण सहित)
119939980_2642691999329926_7161423746967127508_n
पाल्पा – अबिरल वर्षाले घर भत्किदा च्यापिएर एक गर्भवती महिलाको ज्यान गएको छ । रम्भा गाउँपालिका वडा नं. २ स्थित सुरुङ्डाँडाका मोतिसरा गाहाको ज्यान गएको हो । वर्षातले बुधबार राति घर भत्किदा उनको घरले च्यापिएर मृत्यु भएको रम्भा गाउँपालिका वडा नं. १ का अध्यक्ष एवं गाउँपाािलकाका प्रवक्ता कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । मृतक मोतिसरा गर्भवती समेत रहेको उहाँको भनाई छ । पहिरोले च्यापिएको उनको शब निकालिएको छ । सोही स्थानकै १४ वर्षकी अन्जु पुन घाइते भएको प्रहरीले जनाएको छ । उता रम्भाकै गहिराटोलमा गएको पहिरोले दुई घर च्यापिदा पाँच जना बेपत्ता भएका छन् । स्थानीय हुमबहादुर गाहाको घरमा सुतिरहेका पाँच जना पहिलोमा परी बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोमा परी बेपत्ता हुनेमा हुमबहादुर सहित उहाँको श्रीमती, दुई नातिनी र छोरी रहेको वडा अध्यक्ष उमानसिंह सारुले जानकारी दिनुभयो । उनीहरुको खोजी र उद्दार कार्य चलिरहेको बताइएको छ । यस्तै रैनादेवी छहरा गाउँपालिका वडा नं. २, सोमादी बासखर्कका बेलबहादुर श्रेष्ठको कुखुरा फर्ममा पहिरो जाँदा ७५ वटा बोइलर कुखुरा मरेको छ । उहाँको दुई लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै बगनासकाली गाउँपालिका ४, तिखुमका रुकबहादुर चर्तीको कच्ची गोठ भत्किदा २ वटा भैँसी र ३ वटा बाख्रा मरेको छ । यस्तै रामपुर नगरपालिका वडा नं. १ हागेपीपलका प्रेमबहादुर सार्कीको गोठ पहिरोले बगाउँदा १ वटा बाख्राको मृत्यु भएको प्रहरीले जनाएको छ । अबिरल वर्षाका कारण तिनाउ गाउँपालिका वडा नं. ६ कोषका चित्रबहादर रावलको गोठ पहिरोले बगाउँदा ४ वटा बाख्राको मृत्यु भएको छ भने माथागढी गाउँपालिका वडा नं. ४ काे चित्रेछाँप प्राविको चार कोठे भवनमा पहिरोले क्षति पुर्याएको छ । केरौलीका हुमबहादुर सारुको गोठ समेत पहिरोले बगाउँदा ४ वटा बाख्राको मृत्यु भएको प्रहरीले जनाएको छ । अबिरल वर्षाले जिल्लाका विभिन्न स्थानमा व्यापक क्षति पुर्याएको छ । थप विवरण आउन बाँकी भएको प्रहरीले इरानीमहललाई जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update