Erani Mahal
सिद्धार्थ राजमार्गकाे ठाउँ-ठाउँमा पहिराे : पाल्पा-बुटवल र पाल्पा-पाेखरा सडक अबरूद्ध
siddhababa
पाल्पा – मंगलबार बेलुकीदेखि परेको अबिरल वर्षाले सिद्धार्थ राजमार्गको दर्जन बढी स्थानमा पहिरो खसेको छ । राजमार्गका विभिन्न स्थानमा खसेको पहिराले सिद्धार्थ राजमार्ग बुधबार बिहानदेखि अबरुद्ध बनेको छ । [caption id="attachment_11933" align="alignnone" width="300"] फाइल तस्विर ।[/caption] बुधबार सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको कालीकाटी, डुम्रे र सिसुवामा गएको पहिरोले सडक अबरुद्ध पारेको थियो । पुन बुधबार राति वर्षा थपिएसँगै सिद्धबावा क्षेत्रको दुई स्थान, डुम्रे, कालीमाटी, रम्भाको जामुने, अघाहाखोला लगायतका क्षेत्रमा पहिरो गएको पाल्पाका ट्राफिक प्रहरी प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिनुभयो । निरन्तर परेको वर्षात्ले पहिरो हटाउन समस्या भएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update