Erani Mahal
निस्दीकाे भीरपानी गाउँमा घर-घरमा धारा
water
पाल्पा - निस्दी गाउँपालिकामा एक घर एक धारा अभियानको संघीय संसद दल बहादुर रानाले उदघाटन गर्नुभएको छ । निस्दीको मित्यालमा ५ नम्बर प्रदेश सरकारबाट विनियोजित ३० लाख र स्थानीयको ३ लाख जनश्रमदान गरी कुल ३३ लाखको लागतमा लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो। बुधबार खानेपानी योजनाको उदघाटन गर्नुहुँदै संसद रानाले सुखी नेपाली समृद्ध नेपालको नारालाई अगाडि सारिएको कुनै पनि नेपाली खानेपानी अभावमा रहन नपर्ने बताउनुभएको छ। भिरपानी खानेपानी लिफ्टिङ आयोजनाका अध्यक्ष भोग बहादुर गाहाको अध्यक्षतामा भएको कार्यक्रममा संबिधान सभा सदस्य राधाकृष्ण कंडेल, निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु लगायतले बोल्नुहुँदै डाँडा भेगमा खानेपानीको समस्या भोग्दै आएका नागरिकले घर घरमा धारा हुँदा धेरै ठूलो राहत महशुस गरिने बताउनुभयो । गाउँदेखि करिब ३ सय ५० मिटर टाढाबाट लिफ्टिङ प्रणालीले तानेर गाउँमा खानेपानी ल्याएपछि भिरपानीका ३० घर परिवार लाभान्वित भएको स्थानीय शिक्षक पुर्ण बहादुर सोमैले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update