Erani Mahal
तानसेनमा एक बच्चासहित चार जनामा काेराेना संक्रमण
Long Island Laboratory To Start Semi-Automated Coronavirus Testing
पाल्पा – पाल्पामा बुधबार चार जना कोरोना संक्रमित थपिएका छन् । बुधबार पाल्पाको सदरमुकाम तानसेनका विभिन्न वडाका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वडा नं. ५, एक जना महिला र वडा नं. २ को १ जना पुरुष, वडा नं. ८ को १ जना १ वर्षको बच्चा र वडा नं. ९ को एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण भएका वडा नं. ८ का १ वर्षका नाबालक दुई साताअघि कोरोना संक्रमणबाट मृत्यु भएका महिलाको परिवारको सदस्य रहेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । चार जना कोरोना संक्रमित सबै समुदाय स्तरका मानिस रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म ७१७ जना कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५८८ जना निको भएर घरमा फर्किएका छन् । १२५ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये २ जना बुटवलस्थित कोरोना अस्पतालमा उपचाररत छन् ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update