Erani Mahal
सिद्धार्थ राजमार्ग अपडेट : ठाउँ-ठाउँमा पहिराे, सडक सुचारू भएन
pahiro
पाल्पा – सिद्धार्थ राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा बुधबार बिहानदेखि सडक अबरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको कालीमाटी, सिसुवा, डुम्रे लगायतका स्थानमा सडक माथिबाट खसेको पहिरोले राजमार्ग अबरुद्ध बनेको हो । लगातार परेको वर्षात्का कारण सडक माथिबाट खसेको पहिरोले सडक अबरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कालीमाटी र सिसुवा क्षेत्रमा खसेको पहिरो हटाएपनि डुम्रे क्षेत्रमा खसेको पहिरो हटाउन समस्या भएको पाल्पाका ट्राफिक प्रहरी प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिनुभयो । [caption id="attachment_11672" align="alignnone" width="808"] समाचार प्रतिनिधि तस्विर गुगल[/caption] उहाँले तल्लो डुम्रे नजिकै खसेको पहिरो हटाउन दुबैतर्फबाट डोजर र लोडर सञ्चालनमा ल्याइएपनि पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको बताउनुभयो । पानी बसेको खण्डमा तुरुन्तै पहिरो हटाउन सम्भव भएपनि पानी परेकाले तत्काल पहिरो हटाउन समस्या भएको प्रहरीको भनाई रहेको छ । प्रहरीले निरन्तर पानी परिरहेकाले सिद्धार्थ राजमार्गमा यात्रा गर्दा सचेत र साबधानी अपनाएर मात्र यात्रा गर्न भनेको छ ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update