Erani Mahal
बहुविवाह मुद्धामा दोषी ठहर भई फरार रहेका अभियुक्त पक्राउ
pakrau
पाल्पा – पाल्पा जिल्लाबाट बहुविवाह मुद्धामा दोषी ठहर भई फरार रहेका अभियुक्त बुटवलबाट मंगलबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको सादा पोशाकको प्रहरीले बहुविवाह मुद्दामा दोषी ठहरिएका तिनाउ–३, दोभानका ४१ वर्षिय नारायण खरेललाई पक्राउ गरेको हो । प्रहरीले खरेललाई उनको बुटवल–११, बुद्धनगरस्थित घरबाट पक्राउ गरेको हो । पक्राउ परेका खरेललाई पाल्पा जिल्ला अदालतमा बुझाउने प्रहरीले जनाएको छ । पाल्पा जिल्ला अदालतले खरेललाई बहुविवाह मुद्दामा दोषी ठहर गर्दै एक वर्ष ५ महिना १६ दिन कैद भुक्तान गर्नुपर्ने ठहर गरेको थियो । अदालतको आदेश अनुसार दोषी भएपनि उनी कैद भुक्तानका लागि भाग्दै आएका प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update