Erani Mahal
'पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार' वरिष्ठ पत्रकार श्रेष्ठलाई प्रदान
uuuu
काठमाडाैँ - पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई प्रदान गरिएकाे छ । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलालका समकालीन तथा वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई यो पुरस्कार प्रदान गर्नुभएकाे हो । पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोष तानसेन नगरपालिकाले स्थापना गरेको हाे । राष्ट्रपति भण्डारीले श्रेष्ठलाई नगद, सम्मानपत्र, पाल्पाली ढाकाटोपी, ढाकाकै दोसल्ला ओढाएर श्रेष्ठलाई सम्मान गर्नुभयो । पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैंया रहेको छ । काेषले वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई पुष्पलालको नाममा स्थापना भएको सबैभन्दा ठूलो राशीको पुरस्कार प्रदान गरेको छ । तानसेनमा आयोजना गर्ने भनिएको पुरस्कार वितरण समारोह कोभिड १९ का कारण शीतल निवासमै आयोजना गरिएको कोषका अध्यक्ष शम्भु श्रेष्ठले बताउनुभयो । समारोहमा कोषका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ र कोषका सदस्य सचिव गोविन्द भट्टराईको उपस्थिति रहेको थियो । पुष्पलालको जन्मदिनमा प्रदान गर्ने भनिएको पुरस्कार कोभिड १९ का कारण मंगलबार मात्र वितरण गरिएको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सम्माननीय राष्टपतिबाट पुष्पलालका समकालीन व्यक्तित्व हिरण्यलाल श्रेष्ठ सम्मानित हुनु खुशीको कुरा भएको बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update