Erani Mahal
बाँसटारी-अम्लिहान सडकमा खाल्टैखाल्टा : कालाेपत्रेकाे काम अझै सुरू भएन
uu
पाल्पा – तानसेन–७, पक्लुवादेखि तानसेन–९ अम्लिहानसम्मको सडक कालोपत्रे गर्ने सम्झौता भएको तीन महिना बितिसक्दा समेत काम सुरु हुन सकेको छैन । तानसेन नगरपालिका र संघीय सरकारको समपूरक कोष अन्तर्गतको चार करोड ४९ लाख लागतमा कालोपत्रे गर्ने सम्झौता भएपनि ठेकेदारले अहिलेसम्म काम सुरु गर्न सकेको छैन । पक्लुवादेखि अम्लिहानसम्म करिब तीन किलोमिटर सडक कालोपत्रे गर्न तानसेन नगरपालिकासँग गत जेठ २१ गते श्री जयनेपाल इश्वर/विवेक एण्ड कुबेर जेभी स्याङ्जाले सम्झौता गरेकाे थियो । तर सम्झौता भएको तीन महिना बितिसक्दा समेत ठेकेदारले काम सुरु नगरेको स्थानीय बासिन्दाको भनाई छ । तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले कोरोना भाइरसका कारण काम गर्न ठेकेदारले ढिलाई गरेको बताउनुभयो । उहाँले अब लकडाउन सकिएको र तत्काल काम सुरु गर्न ठेकेदारलाई ताकेता गरेको बताउनुभयो । बहुवर्षिय आयोजना अन्तर्गत सम्झौता भएकाले योजना अन्तर्गत तीन वर्षमा सक्नुपर्नेछ । सडककाे खाल्टाले सास्ती बाँसटारी–झडेवा सडकखण्डकाे बाँसटारीदेखि अम्लिहानसम्मको सडक खाल्टाखुल्टी र हिलाम्य भएको दुई वर्ष बित्यो । सडकको अवस्था बिग्रदैं जाँदा यो सडकमा यात्रा गर्ने दैनिक सयाैँ यात्रुहरुले सास्ती बेहोर्नु परेको छ । सडकमा बनेका खाल्टामा परेर पानी जम्ने, हिलाम्य हुने, र घाम सडक धुलाम्य हुने समस्या छ । [caption id="attachment_13284" align="alignnone" width="707"] बाँसटारी–झडेवा सडकको सालघारी नजिकै व्यक्तिले खनेको संरचनाका कारण सडक र नालीमा पु¥याएको क्षति । तर व्यक्तिगत फाइदाका लागि गरेको कामबाट सार्वजनिक सम्पत्ति सडकमा क्षति पुगेपनि सम्बन्धित निकायले कारबाही गर्न सकेकाे छैन । तस्बिर : इरानीमहल डटकम । [/caption] लामो समय सडक मर्मत नहुनु, सडक छेउका बासिन्दाबाट जथाभावी उत्खनन्ले बाँसटारीदेखि अम्लिहानसम्मको सडक ध्वस्त बनेको हो । सडकमा अत्याधिक भार क्षमताको सवारीसाधन गुडाउने, हिउँद र वर्षात्मा रातो माटो बोकेर सडकमा पोख्ने, सडकमा संरचना बनाउने र भत्काउने, नालीको पानी सडकमा लगाउनाले यो सडक ध्वस्त भएको यात्रुहरुको गुनासो छ । सडक खालटैखाल्टाले हिड्न नसक्ने भएपनि थाेरै खर्चमा गिट्टी ल्याएर पुर्ने काममा स्थानीय सरकारकाे उदासिन देखिएकाे यात्रुहरूकाे भनाइ छ । टिण्टीआँप नकिकैका केही स्थानीय बासिन्दाले कालोपत्रे सडक खनेर व्यक्तिगत जग्गा भन्दै तारबार गरेर पनि सडक बिगारेका छन् । सडक खनेर तारबार गर्नेमाथि नगरपालिकाले अहिलेसम्म कुनै कारबाही गर्न सकेको छैन ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update