Erani Mahal
रिब्दीकोटमा पानी तताउने क्रममा गोठमा आगोलागी
fire
पाल्पा- जिल्लाको रिब्दीकोटमा पानी तताउने क्रममा गोठमा आगोलागी भएको छ । आज बिहान रिब्दीकोट गा.पा.-३ हार्थोक बस्ने बाबुलाल सुनारको खरको छानो भएको गोठमा पानी तताउने क्रममा आगो सल्कन गएको हो । आगोलागीबाट गोठ पूर्णरुपमा क्षती भएको छ भने मानविय तथा चौपाया क्षेती नभएको प्रहरीले जनाएको छ । उक्त घटनामा एक लाख बरावरको क्षती भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update