Erani Mahal
पाल्पामा थप एक महिलाकाे काेराेनाकाे कारण निधन कुल संख्या ४ पुग्याे
Death-from-corona
पाल्पा- पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका-१४ अर्गलीकी ४२ वर्षीया एक महिला छन्। उनको लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेसन कक्षमा शुक्रबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयाे । निमोनियाले ग्रस्त उनकाे भदौ ३० गते उपचारको लागि अस्पताल भर्ना भएकी थिइन् । कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई प्री- आइसोलेनमा भर्ना गरिएको थियो। लगत्तै स्वाब संकलन गरेर परीक्षणको लागि लुम्बिनी प्रादेशिक प्रयोगशालामा पठाएको र शुक्रबार बेलुकी उनको रिपोर्ट कोरोना पोजेटिभ आएको पन्थीले बताए। उनका अनुसार शुक्रबार राति नै करिब १२ बजे ती महिलाको मृत्यु भएको भएको हो । तर ३० गते भर्ना भएकी ती महिला स्वाब दिएपछि भने घर फर्किएकी थिइन्। बिमारले थप च्यापेपछि उनी हिजो बिहान पुनः उपचारको लागि अस्पताल आइपुगेकी थिइन्। उनको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको हो । यसअघि पूर्वखोला गाउँपालिका १ सिलुवा का ४५ वर्षीय पुरूष, तानसेन नगरपालिका ८ पिपलडाँडाकी ३० वर्षीया महिला, तानसेन नगरपालिका ७ टिन्टीआँपका ५२ वर्षीय पुरुषको काेराेनाकाे कारण मृत्यु भएको छ ।
प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update