Erani Mahal
समयमै स्वाव परीक्षण नहुँदा तानसेन ठप्प ! जनप्रतिनिधी र कर्मचारी क्वारेन्टाइनमा
Tansen-nagarpalika
पाल्पा- तानसेन नगरपालिकाकाे एक हप्ता अगाडि लिएकाे स्वावकाे समयमै स्वाव परीक्षण नहुँदा तानसेन नगरपालिकाका सबै सेवाहरु ठप्प भएका छन् । काेराेना परीक्षणकाे नतिजा समयमै नआउँदा जनप्रतिनिधी र कर्मचारी क्वारेन्टाइनमा रहेका छन् भने सबै वडा कार्यालय आइतवारदेखि ठप्प भएको छ । एक वडा अध्यक्ष र कार्यपालिका सदस्य सहित चारजना लाई कोरोना पुष्टि भएपछि संकलन गरिएको स्वावको रिर्पोट नआउदा नगरपालिकाका कार्यालयहरु बन्द भएका हुन् । बिहीबारको कार्यापालिकाको बैठकमा सहभागी एक वडाध्यक्ष र एक कार्यपालिका सदस्यमा कोरोना संक्रमण देखिएपछि बैठकमा सहभागीहरुको कन्ट्याक टे्सिङ गरिएको थियो । नगरपालिकाको मेयर अशोक शाही सहित उपप्रमुख, नगरपालिकाका शाखाका कर्मचारीहरु, १४ वटा वडाका वडाध्यक्षहरु, र त्यहाँ कार्यरत कर्मचारीहरु आइतवार स्वावको नमूना दिई होम क्वारेन्टाइनमा छन् । तानसेन नगरपालिकाका मेयर अशोक शाहीले स्वावको रिर्पोट नआउँदा नगरपालिका र वडा कार्यालय खोल्न नसकिएको बताउनुभयाे । उहाँले गत आइतवारदेखि सेवाग्राही मर्कामा परेको र नगरपालिकाको फोहर समेत उठन नसकेको बताउनुभयाे । कार्यालय नखोल्ने त एकातिरको कुरा छ मेयर शाहीले भन्नुभयाे फोहर नउठदा अर्को महामारी फैलिने हो कि भन्ने डर भयो । नगरपालिकाको २० जना सरसफाईकर्मीको स्वाब लिइएको उहाँले बताउनुभयाे । ति सरसफाईकर्मी समेम होम क्वारेन्टाइनमा छन् । नगरपालिकाले प्रक्रिया पुर्याएर स्वावको नमूना बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको भएपनि परिक्षणमा ढिलाई हुदा समस्या देखिएको प्रवक्ता दामाेदर प्रसाद घिमिरेले बताउनुभयाे । उहाँका अनुसार छिटाे नतिजा आउने गरी परीक्षणकाे पहल भएपनि अझैसम्म परीक्षण हुन नसक्दा समस्या भएकाे बताउनुभयाे । उहाँका अनुसार एक हप्तादेखि हाेम क्वारेन्टाइनमा रहेर रिपाेर्टकाे प्रतिक्षा गरिरहेकाे भएता पनि नतिजा नआउँदा समस्या भएकाे बताउनुभयाे । प्रदेश ५ को प्रोदेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजेन्द्र गिरीले तानसेन नगरपालिका सहित पाल्पा सहित विभिन्न स्थानबाट निकै ठूलो मात्रामा स्वावको नमूना आएको हुँदा परीक्षणमा ढिलाइ भएको बताउनुभयाे । उहाँले ति स्वावका नमुनाको बिषयमा शुक्रबार बिहान सामाजिक विकास मन्त्रीसँग समेत कुरा भएको र तीन ठाउँमा बाडेर परिक्षण गरिने जानकारी दिए । उनका अनुसार ति नमूनाहरु केही लुम्विनी प्रादेशिक अस्पताल, बुटवल, केही प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवा र केही राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाउन लागिएको छ । तानसेन नगरपालिका स्वास्थ्य संयोजक झविन्द्र न्यौपाने शुक्रवार २०९ जना, आइतवार १४७ जना र मंगलवार ८६ जना गरी ४४२ जनाको स्वाव नमूना पठाएको जानकारी दिनुभयाे उहाँका अनुसार समयमै परीक्षण नहुँदा सेवाग्राही सँगै सबैलाइ समस्या भएकाे छ त्यसकाे लागि पहल भइरहेकाे भएता पनि समाधान नभएकाे बताउनुभयाे ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update