Erani Mahal
तिनाउकाे भक्तेडाँडामा विद्यालय भवनकाे सिलन्यास
भवन
पाल्पा । तिनाउकाे भक्तेडाँडामा विद्यालय भवनकाे सिलन्यास गरिएकाे छ । आदर्श आधारभूत विद्यालयको भवन शिलान्यास पालिकाका अध्यक्ष आेम बहादुर घर्तीले गर्नु भएको छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–५ भक्तेडाँडामा रहेको उक्त विद्यालयमा निर्माण हुने चारकोठे भवनको एक कार्यक्रमका बीच विहीबार गाउँपालिकाका अध्यक्ष घर्तिमगरले शिलान्यास गर्नुभएकाे हाे । शिलान्यास गर्दै अध्यक्ष घर्तिमगरले ७० लाख लागतमा ४ कोठे भवन र आवश्यक फर्निचरसहित आउँदो पुस मसान्तसम्म निर्माण सम्पन्न हुने उक्त भवनमा भूकम्प प्राधिकरणको आर्थिक सहयोग रहने बताउनुभयाे । स्थानीय विद्यार्थीलाई भौतिक सेवा उपलब्ध गराउन सकेमा शैक्षिक अवस्थामा उल्लेखनीय परिवर्तन भई यस क्षेत्रमा सकारात्मक प्रभाव पर्ने छ । कार्यक्रममा वडाध्यक्ष दलबहादुर दर्लामी,गाउँ शिक्षा प्रमुख लक्ष्मी कुँवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर चिदी, जग्गादाता दिगाम्बर चिदी,विद्यालयका शिक्षकहरु र उभिभावकहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update