Erani Mahal
तानसेनमा काेराेनाबाट निधन भएकाकाे शव व्यवस्थापन गरियाे
dead_korona
पाल्पा– कोरोनाबाट निधन भएका तानसेनका पुरुषको शव खावा क्षेत्रमा व्यवस्थापन गरिएकाे छ । सिसिएमसिकाे निर्णय अनुसार तानसेन नगरपालिकाले तोकेको शव व्यवस्थापन गर्ने क्षेत्र वडा नं. ८ मा रहेको खावा पहिरो क्षेत्रमा व्यवस्थापन गर्ने निर्णय अनुसार शव व्यवस्थापन भएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताउनुभयो । विहिवार विहान तानसेनको वृद्धाश्रम मिसनको आइसोलेशनमा मृत्यू भएका तानसेन- ७ पाल्पाका ५२ वर्षिय पुरुषको सव सोही स्थानमा व्यवस्थापन गर्ने निर्णय भएको हो । पाल्पामा अहिलेसम्म ३ जनाको मृत्यू भएको छ । उनीहरु तिनै जनाको शव सोही क्षेत्रमा गरिएको छ । तानसेनमा विहिवार बसेको सिसिएमसीको बैठकले नेपाली सेनाको टोलीले प्रहरी र अस्पतालको समन्वयमा शव व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update