Erani Mahal
किन देख्दैन उ ?
Untitled-1
भोकाहरूको भिड बढीरहेको छ सडकको पेटीमा मानिसहरू सुतिरहेका छन विरामीहरूले ओखती गर्न सकीरहेका छैनन् वेरोजगारहरूको संख्या बढिरहेको छ मनमौजी सरकारसंग दृष्टि पनि छ तर किन देख्दैन उ ? .... सम्धीहरूको हैसियत बढीरहेको छ आफन्त कुटम्वहरूले नियुक्ति हुत्याइरहेका छन् पाउनुपर्नेहरूले स्थान पाईरहेका छैनन घिनलाग्दो हर्कतले सिमा नाघ्दै छ मनमौजी सरकारसंग दिमाक पनि छ तर किन सोच्दैन उ ? .... हत्या, आत्महत्या र बलात्कार बढीरहेको छ सरकार समर्थक अपराधीहरूले माफि पाइरहेका छन् विरोधीलाई झुटा मुद्दालगाई कत्लेआम गरिएको छ जयगान मात्र गाउने संचारलाई राखिएको छ मनमौजी सरकारसंग कान पनि छ तर किन सुन्दैन उ ? .... भ्रस्टाचार, महंगी र कालोबजारी बढिरहेको छ प्रकृतिको चरम दोहन गर्ने माफियाहरूले इज्जत पाइरहेका छन् गरिव र धनिविचको खाडल झन बढीरहेको छ आर्थिक सूचक खस्किदो छ, कम्युनिष्टहरूको सरकार छ मनमौजी सरकारसंग खुट्टा पनि छ तर किन हिड्दैन उ ? २०७७।०६।०१
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update