Erani Mahal
दमकडा माविकाे वार्षिकाेत्सव : जुमबाटै कविता प्रतियोगिता
oooooo
पाल्पा - दमकडा माध्यमिक विद्यालय पाल्पाले स्थापनाको ६४ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको अनलाइन कविता प्रतियोगिता सम्पन्न भएके छ । जिल्ला स्तरीय कविता प्रतियोगितामा मिलेनियम स्कुल तानसेन पाल्पाका महिमा गैरे प्रथम, जनता माध्यमिक विद्यालयकी सुजाता बस्याल दोस्रा, रत्नमाध्यमिक विद्यालय माथागढीका विशाल बि.क तेस्रा भएका छन् । सेन्ट क्यापितानियो स्कुल तानसेनका प्रसना नेपाली र दमकडा माध्यमिक विद्यालयकी सपना भण्डारीले शान्त्वना पुरस्कार प्राप्त गरेका छन् । पाल्पा जिल्लाका २४ विद्यालयका ३४ विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रमको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका साहित्य विभागका प्रमुख डा. देवी नेपालले मानव सम्भतामा मान्छे हारेको छैन, कोभिड वा अन्य कुनै समस्यामा पनि मान्छे हार्दैन भन्नुभयो । सशक्त कविताका माध्यमबाट दमकडाको यो प्रतियोगिताले भाषा, साहित्य र वाङमयको विकासमा महत्वपूर्ण योगदान गरेको उहाँको भनाई छ । छन्दोवद्ध साहित्यका ज्ञाता नेपालले वार्षिकोत्सवलाई कोरोनाले रोकेन, शिक्षक र विद्यालय समस्यासमाधानगर्ने महत्वपूर्ण साधन हुन् भन्ने सन्देश देशभर छर्न सफलबनेको बताउनुभयो । प्रदेशसभा सदस्य डा. पुरनमान बज्राचार्यलले दमकडा माध्यमिक विद्यालय पाल्पा र प्रदेशकै गौरवको विद्यालय बनेको बताउनुभयो । प्रतियोगिताका मूल्यांकन कर्ता साहित्यकार टंक पन्थले विद्यार्थीहरुले भावना, विचार र कलाको संयोजन गरी समाजमा देखापरेका मानवीय अस्तित्व र मूल्यमान्यतालाई उजागर गरेको बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रामप्रसाद ढकाल, नेपाल शिक्षक संघ पाल्पाका अध्यक्ष धनकला गाहा, प्याब्सनका पूर्व केन्द्रीय सदस्य खेम सारुले कोभिडको असहज परिस्थितिमा पनि नविनतम कार्य गरेर दमकडाले समाजमा राम्रो छवि बनाएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले विद्यार्थीको सिकाई सीप र सिर्जनशीलता बढाउन कविता प्रयोगिताको आयोजना गरेको बताउनुभयो । कार्यक्रम शिक्षक प्रकाश पंगेनी, धनपति गैरे, संगीता भट्टराईको सञ्चालन, होत्रीराज ढुंगानको स्वागत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालको अध्यक्षतामा चल्यो । प्रतियोगिता सूचना प्रविधिको पछिल्लो वेविनार जुमबाट सहभागी गराई फेसबुकबाट लाइभ गरिएको थियो । २०१३ सालमादेउरालीको पिढी र दलान पठनपाठन सुरु गरी स्थापनाभएको यस विद्यालयले असोज १ गते विद्यालयको इतिहास, वर्तमान र भविष्य काविषयमा सामूहिक संवाद कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउदैछ ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update