Erani Mahal
पाल्पा वृद्धाश्रमको आइसोलेशनमा एक पुरुषको मृत्यू
Death-from-corona
पाल्पा– तानसेन-१, मिसन अस्पताल नजिकै निर्माण गरिएकाे आइसोलेशन सेन्टरमा उपचाररत एक जना कोरोना संक्रमित विरामीको निधन भएको छ । बिहीबार विहान उनको उपचारको क्रममा आइसोलेशनमा निधन भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तानसेन नगरपालिका ७ का ५२ वर्षिय पुरुषको एक हप्ता अगाडि कोरोना पोजेटिभ आएपछि तानसेनको मिसनको आइसोलेशन सेन्टरमा उपचार भइरहेको थियो । याेसँगै पाल्पामा अहिले सम्म ३ जनाको कोरोनाको कारण निधन भएको छ । यस अघि तानसेन ९ कि एक महिला र पूर्वखोलाका पुरुषको समेत कोरानाकै कारण निधन भएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update