पाल्पा - तिनाउ गाउँपालिका – २ दोभानमा रहेको दोभान स्वास्थ चौकीमा चौबिसै घण्टा प्रसुति सेवा उपलब्ध गराउने गरी बर्थिङ सेन्टर सहितकाे ल्याव सञ्चालनमा ल्याइएको छ ।
दाेभानमा संचालन हुने बर्थिङ सेन्टर र ल्यावको प्रदेश सांसद तुलाराम घर्तीले उद्घाटन गर्दै प्रदेश सरकारको १० लाख बजेटमा बर्थिङ सेन्टर र ल्यावको सञ्चालनमा ल्याईएको भन्दै त्यसको प्रभावकारी व्यवस्थापन गर्न अनुरोध गर्नुभयो ।
घर्तीले हरेक नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउने चाहना पूरा गर्न बर्थिङ सेन्टरको सञ्चालनमा ल्याएको बताउनु भयो । तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले गाउँपालिका बासिको आधारभूत आवश्यकताहरु पुरा गर्दै ल्याब र बर्थिङ सेवा सञ्चालनमा ल्याएको दाबी गर्नुभयो । उहाँले बर्थिङ सेन्टर र ल्यावको साथसाथै आइसोलेसन बेड र आँखा उपचार किल्निक पनि यसै बर्ष शुरुवात गरिने बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले संस्थागत रुपमा सुत्केरी भएका महिलाहरुलाई गाउँपालिकाले रु दुई हजार र अण्डा दिदै आएको बताउनु भयो । कार्यक्रममा स्वास्थ्य शाखाका नर्सिङ संयोजक रिता थापा, स्वास्थ्य स्वयंसेविका केशरी बस्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
तिनाउका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष एवम् स्वास्थ चौकी व्यवस्थापन समितिका संयोजक राजेश श्रेष्ठको अध्यक्षता, स्वास्थ्यकर्मी शारदा खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन दोभान स्वास्थ्य चौकीका ईन्चाज ठाकुर जिसीले गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७ १९:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय