Erani Mahal
निस्दीमा समुदाय स्तरमा काेराेना देखिएपछि ढुंगानावेसी बजार सिल
119700370_685975458794049_7381709925512349799_n
पाल्पा । निस्दी गाउँपालिकामा समुदाय स्तरमा कोरोना पोजिटिभ देखिएको छ । निस्दीको वडा नम्बर ५ गल्धा, ढुंगनाबेसीमा एक जना महिलामा कोरोना पोजिटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । समुदाय स्तरमा कोरोना पोजिटिभ देखेसंगै वडा अध्यक्ष भिम बहादुर बयम्बुको अध्यक्षतामा बुधबार बसेको सरोकारवालाको बैठकले ढुंगनाबेसी बजार क्षेत्रमा एक हप्ताको लागि सिल गर्ने निर्णय गरेको छ। समुदाय स्तरमा संक्रमण फैलिन सक्ने सम्भावनालाई रोकथाम तथा नियन्त्रण गर्नको लागि भदाै ३१ गते राति १२:०० बजेदेखि असाेज ७ गते राति १२ बजेसम्मको लागि सम्पुर्ण कार्यालय , संघसंस्था , होटल , रेष्टुरेन्ट तथा अन्य पसल , निजी तथा सार्वजनिक सवारी साधन बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन खनालले बताउनुभयो । स्वास्थ्य क्लिनिक तथा खाद्यान्न पसल भने बिहान र साँझ दुई - दुई घण्टा खुल्ला रहने वडा सचिव एकराज अर्यालले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update