Erani Mahal
पाल्पामा साेमवार एकैदिन थपिए २० काेराेना संक्रमित
119419436_790330498409946_4293585798585623278_n
पाल्पा । पाल्पामा साेमवार एकैदिन २० जना काेराेनाका नयाँ संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवाका अनुसार पाल्पामा २४ घन्टामा २० जना काेराेना संक्रमित थपिएका हुन् । पाल्पामा स्वास्थय कर्मी सहित समुदाय स्तरमा काेराेना देखिएकाे स्वास्थय कार्यालयले जनाएकाे छ । पाल्पामा पछिल्लाे समयमा समुदाय स्तरमा काेराेना संक्रमण फेलिदै गएकाे छ । साेमवार दिउसाेसम्म पाल्पामा ८३ जना समुदाय स्तरका संक्रमित देखिएका थिए । पाल्पामा साेमवार थपिएका २० सँगै अहिलेसम्म ६ सय ८० जनामा काेराेना संक्रमण देखिएकाे छ भने हालसम्म ५ सय ७० जना निकाे भएर घर फर्किएका छन् भने २ जनाकाे निधन भएकाे छ । प्रदेश जनस्वास्थास्थ्य कार्यालयका अनुसार पछिल्लाे २४ घन्टामा पाल्पाका २० रुपन्देही ४६ गुल्मी २ र नवलपरासीमा ३ गरेर लुम्बिनी अंचलमा ७४ जना काेराेनाका विरामीहरु थपिएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update