Erani Mahal
पाल्पामा ८३ जना समुदाय स्तरका कोरोना संक्रमित ( कहाँ कति तथ्यांक सहित)
119213466_710358623155265_4804640968787667763_n
पाल्पा- पाल्पामा समुदाय स्तरमा कोरोना फैलिदै गएको छ । जनस्वास्थ्य मापदण्ड पालना नगर्दा समुदाय स्तरमा संक्रमण फैलिदै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा अहिले सम्म ८३ जनामा कोरोना समुदाय स्तरमा देखिएको छ । पछिल्लो समयमा स्थानीय सरकारले क्वारेन्टिमा नराखी सिधै होम आइसोलेशन र होम क्वारेन्टाइनमा राख्नु, विदेश तथा भारतबाट आएका मानिसहरुको तथ्यांक नराख्नु, सीमा नाकामा खुला हुनु जस्ता कारणले गर्दा समुदाय स्तरमा कोरोना देखिदै गएको हो । पाल्पामा विभिन्न पालिकामा समुदाय स्तरमा संक्रमण फैलिएको छ । पछिल्लो समयमा अग्रस्थानमा रहेर काम गर्ने स्वास्थ्य कर्मी र कर्मचारीमा ८ जना, जनप्रतिनिधिहरु ५ जनामा कोरोना संक्रमण फैलिएको स्वास्थ्य कार्यालय पाल्पा सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयो । उहाँका अनुसार सवै सर्वसाधारणले सर्तकता अपनाउने, स्वास्थ्य मापदण्ड पूरा गर्ने, स्वाव परीक्षण र नतिजा नआउँदा सम्म होम आइसोलेशनमा बस्ने, संक्रमित व्यक्तिहरुले सर्तकता अपनाउने भने संक्रमण रोक्न सकिने पन्थीको भनाई छ । उहाँका अनुसार यस्तै अवस्था भएमा पाल्पामा भयाभह स्थति पनि नआउला भन्न सकिदैन । हेर्नुस समुदाय स्तरमा कुन ठाउँमा कति छन् कोरोनाका संक्रमित ः पाल्पामा अहिलेसम्म ६ सय ६६ जनामा काेराेना संक्रमण देखिएकाे छ भने हालसम्म ५ सय ७० जना निकाे भएर घर फर्किएका छन् भने २ जनाकाे निधन भएकाे छ ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update