Erani Mahal
उत्तरबाहिनीमा सामूहिक सोह्र श्राद्द कार्य
nn
पाल्पा – कृष्णागण्डकी उत्तरबाहिनी क्षेत्र मालुङ्गामा रहेको ज्ञान बिज्ञान प्रतिष्ठानमा अहिले दैनिक सामुहिक पितृ कार्य हुँदै आएको छ । गण्डकी उत्तर बहेको खण्डमा जुनसुकै कार्य गर्न उत्तम रहेको महिमाले यस क्षेत्रका स्थानिय सोह्र श्राद्द एकै थलोमा सामुहिक गर्दै आएका छन् । सोह्र श्राद्दको तीथिमा दैनिक १० देखि ३० परिवार सम्मले आफ्नो पितृको सम्झनामा पिण्ड दिन यहाँ आउने गरेको प्रतिष्ठानले जनाएको छ । उत्तरबाहिनीमा हरेक बर्ष सोह्र श्राद्दका बेला तिथिमा आउने भक्तजनलाई सहज होस् भनेर यही हलमा श्राद्द गराउदै आएको प्रतिष्ठानका अध्यक्ष तथा चैतन्य प्रभु कृष्ण महाराजले बताउनुभयो । यहाँ खुला ठाउँ भएकाले प्रायः जसो मालुङाबासी सबै आउने गरेका छन् । जो कोही आएर सामूहिक श्राद्दमा सहभागी हुन सक्ने अध्यक्ष चैतन्य प्रभुले जानकारी दिनुभयो । दिवंगत आफन्त पितृको सम्झनामा पिण्ड दिन आउन सबैलाई छुट छ उहाँले भन्नुभयो- यही गाउको पण्डितले श्राद्द गराउनुहुनेछ । प्रत्येक दिनको श्राद्द कार्य यही सामूहिक हुन्छ- आफ्ना पितृको श्राद्द गर्न आउनुभएका टंकराज बस्यालले भन्नुभयो । अन्य तीथिको श्राद्द कार्य घरमा नै गर्ने भएपनि सोह्र श्राद्दको कार्य सामुहिक गर्दै आएको उहाँले जानकारी दिनुभयो । शोह्र श्राद्दमा तीथि पर्ने परिवारका आएर एकैथलोमा पण्डितबाट श्राद्द गर्छौ- मालुङाका ज्योतिलाल बस्यालले भन्नुभयो । कालीगण्डकीको उत्तरबाहिनी खण्ड जुन आफैमा महिमा बोकेकी छन्, यहाँ आएर पितृको कुलको नाम लिन पाउँदा आनन्द हुने अर्का तुल्सीराम बस्यालले बताउनुभयो । यस क्षेत्र धार्मिक थलोको रुपमा विकास भएकोले पनि सबै परिवार आएर यहाँ श्राद्द गराउन थालेको स्थानिय इश्वरमणी बस्यालले बताउनुभयो । पन्चमी तिथिमा २०/२५ परिवारले श्राद्द गर्नुभयो यो क्रम सोह्र श्राद्द भर यसैगरी चलिरहन्छ- रमेश प्रसाद बस्यालले भन्नुभयो । पण्डित ऋषिश्वर न्यौपानेका अनुसार तिथि परेका दिनको लागि अघिल्ला दिनै सबैले उहाँलाई फोन गर्नुहुन्छ । दैनिक श्राद्द गराउन बिहानै उहाँ सो प्रतिष्ठानको हलमा पुग्नुहुन्छ। बिहान केहीबेरमा जुटेपछि श्राद्द शुरु हुन्छ । फरक – फरक नाम गोत्रका आधारमा सबै सामु पुगेर पण्डित न्यौपानेले श्राद्द गराउदै आउनुभएको छ । अष्टमीमा २१ परिवारले अष्टमी तिथिको श्राद्द गरेका छन् । स्याङ्जा मालुङा क्षेत्र र पाल्पाको हुगी यो क्षेत्रमा सस्कृत गुरुकुल शिक्षाको शुरुवात भएको छ भने शालिग्राम शिलाको लागि मन्दिर निर्माण गरिनेछ । गतबर्ष सप्ताह ज्ञान महायज्ञपछि मालुङामा धार्मिक रुपमा व्यबस्थित गराउन विभिन्न काम हुँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update