Erani Mahal
तानसेन र रामपुरमा औद्योगिक ग्राम बनाउने काम सुस्त !
tttt
पाल्पा – पाल्पाका दुई नगरपालिका तानसेन र रामपुरले औद्योगिक ग्राम निर्माणको कार्यलाई सुस्त गतिमा अगाडि बढाएका छन् । सरकारले पाल्पाको तानसेन र रामपुर नगरपालिकालाई औगोगिक ग्राम सञ्चालनका ९२/९@ लाख बजेट पठाएपछि यहाँ औद्योगिक ग्राम निर्माणको काम सुरु भएको हो । ८ महिनाअघि नै सरकारले पाल्पाका दुइ नगरपालिकालाइ औद्योगिक ग्राम बनाउन रकम पठाएकाे थियाे । तानसेन नगरपालिकाले तानसेनको वडा नं. ६ र ७, को कुनसरेमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको छ । सो स्थानमा औद्योगिक ग्राम बनाउन डिपिआर बनाउन प्रक्रिया अगाडि बढेको तानसेन नगरपालिकाका सूचना अधिकारी दुर्गाबहादुर थापाले बताउनुभयो । गत आव २०७६÷०७७ को अन्तिममा सरकारले पठाएको रकम र नगरपालिकाले थप गरेको रकमबाट डिपिआर तयार गरेपछि ग्राम निर्माण कार्य सुरु हुने तानसेनका नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो । जिल्लाकाे पूर्वमा रहेकाे रामपुर नगरपालिकाले भने डिपिआर तयार गरिसकेपछि ग्राम निर्माणको काम अगाडि बढेको जनाएको छ । रामपुरको वडा नं. ७ विरेन्टार मा नगरपालिकाले मापदण्ड अनुसार ९९ लाख लागतमा औद्योगिक ग्राम बनाउने काम सुरू भएकाे नगरपालिकाका सूचना अधिकारी रामहरि पाण्डेयले जानकारी दिनुभयो । रामपुरमा उपभाेक्ता समितिले काम गरिरहेकाे छ । सूचना अधिकारी पाण्डेयले हासम्म औद्योगिक ग्राम निर्माणको काम ५५ प्रतिशत सकिएको बताउनुभयो । आगामी २०७७ कात्तिकभित्र औद्योगिक ग्रामको काम सकिने गरी काम भईरहेको रामपुर नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update