Erani Mahal
राष्ट्रिय बाल दिवसको अवसरमा खुल्ला निबन्ध प्रतियोगिता हुने
Mathagadhi
पाल्पा - “विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता” भन्ने नाराका साथ माथागढी गाउँपालिकाले राष्ट्रिय बाल दिवसका अवसरमा निवन्ध प्रतियाेगिता गर्ने भएकाे छ । माथागढी गाँउपालिकाले राष्ट्रिय बाल दिवसको अवसरमा “बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसरहरू ” भन्ने शिर्षकमा खुल्ला निबन्ध प्रतियोगिता गरिने जनाएकाे छ । माथागढी गाँउपालिकाले कोरोना भाइरस कोभिड -१९ को कारण यस बर्षको राष्ट्रिय बाल अधिकार दिवस अनलाइन रूपमा विविध कार्यक्रम आयोजना गरी मनाउने गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले बताउनु भयो । माथागढी गाँउपालिका भित्रका विधालयहरूमा अध्ययनरत सम्पुर्ण इच्छुक विधार्थीहरूका लागि खुल्ला निबन्ध प्रतियोगिता राखिएको गाँउपालिकाका अध्यक्ष थापाले जानकारी दिनु भयो। राष्ट्रिय बाल दिवसको अवसरमा “बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसरहरू ” भन्ने शिर्षकमा २५०-३५० शब्दहरू हुनु पर्ने र विधार्थीहरूले लिखित निबन्ध २८ गते सम्ममा माथागढी गाँउपालिकाको इमेल ठेगाना वा फोटो खिचि माथागढी गाँउपालिकाको फेशवुकमा पठाउन सकिने गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताउनु भयो । राष्ट्रिय बाल दिवसको अवसरमा हुने निबन्ध प्रतियोगितामा विजेताले पाँचहजार नगद र प्रमाण पत्र पाउने गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले जानकारी दिनु भयो।
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update