Erani Mahal
एक सातापछि पाल्पामै काेराेना जाँच हुने
cc
पाल्पा – कोरोना भाइरस सङ्क्रमण परीक्षण गर्न पीसीआर मेसिन पाल्पा आइपुगेको छ । अब कम्तीमा एकसाताभित्र स्वाब परीक्षण गर्ने गरी तयारी गरिएको पाल्पा अस्पताल व्यवस्थापन समितिले जनाएको छ । सरकारले पाल्पामा समेत कोरोना परीक्षणका लागि पीसीआर मेसिन राख्ने निर्णय गरेपछि एक करोड रुपियाँ पठाएपछि मेसिन खरिद प्रकृया अगाडि बढाइएको थियो । छोटो प्रक्रियामार्फत टेण्डर गरेर छनौट भएका ओम सर्जिकल्सले पीसीआर मेसिन पाल्पाको तानसेनमा निर्माण भएको ल्याबमा ल्याएको पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । प्रतिघण्टा ९२ जनाको स्वाब परीक्षण गर्न सकिने पीसीआर मेसिन ल्याउन ७७ लाखमा व्यवसायिक कम्पनीसँग ठेक्का सम्झौता भएको उहाँले शनिबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । [caption id="attachment_13094" align="alignnone" width="2560"] पत्रकार सम्मेलनमा पीसीअार मेसिनका बारेमा जानकारी गराउनुहुँदै अस्पतालका अध्यक्ष सहितका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू । [/caption] अब एकसाताभित्र मेसिन सेटिङ् गरेर परीक्षणको काम सुरु हुने अध्यक्ष पाण्डेयले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण समुदायमा तीव्र गतिमा फैलिएका बेला पीसीआर मेसिन पाल्पामै स्थापना भएपछि कोरोना जाँच पछि यसको नियन्त्रणमा सहयोग पुग्ने उहाँले बताउनुभयो । मेसिन ल्याउन र स्थापनामा सहयोग गर्ने नेपाल सरकार, संघीय सांसद, प्रदेश सांसद तथा जिल्लास्थित विभिन्न निकायलाई उहाँले धन्यवाद दिनुभयो । बाँकी केही सामग्री आउने क्रममा रहेकाे छ । पीसीआर मेसिन पाल्पामा स्थापना भएपछि पाल्पासहित स्याङ्जा, गुल्मी, अर्घाखाँची र अन्य छिमेकी जिल्लाको स्वाब परीक्षणमा सहजता हुने दावी गरिएको छ । पीसीआर मेसिन सञ्चालन गर्न जिल्ला समन्वय समितिको काजीपौवास्थित भवनमा १५ कोठाको आधुनिक ल्याब तयार भईसकेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update