Erani Mahal
योगदान राष्ट्रको लागि अभियानले देशभर "प्राथमिक उपचार दिवस" मनाउदै
f
पाल्पा- प्राथमिक उपचारको महत्व झल्काउदै ‘योगदान राष्ट्रका लागि’ अभियानले देशव्यापी रुपमा प्राथमिक उपचार दिवस मनाउने भएको छ । आगामी १२ सेप्टेम्बर अर्थात् भदौ २७ गते परेको अन्तरास्ट्रिय प्राथमिक उपचार दिवसको अबसरमा अभियानले देशव्यापी रुपमा साझ ७.३० बजे घरघर र चोकमा दिप प्रज्वलन गर्ने, दिउँसो ४ बजे राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको साथमा अनलाइन मार्फत ‘जुम बैठक’ मा कोरोनाको कहर र प्राथमिक उपचारको महत्वका बिषयमा छलफल गरी मनाउन लागेको योगदान राष्टको लागि अभियानका अध्यक्ष ओम उप्रेतीले जानकारी दिनुभयो । देशका ७७ वटै जिल्लामा गठित समितिले संभावना भएका दिप प्रज्वलन, रक्तदान, फलफुल बितरण, बृक्षारोपण, सरसफाई लगायतका कार्यक्रम गर्ने जिल्ला तथा प्रदेश समितिले जनाएको छ । बर्षौ देखि प्राथमिक उपचारको विधि सम्बन्धी नेपालका झण्डै ५० जिल्लामा तालिम चलाइसक्नु भएका उप्रेतीले हुनसक्ने संभावित दुर्घटनाबाट कसरी जोगाउन सकिन्छ र यदी घटना घटेको अबस्थामा कसरी जिउज्यान जोगाउन सकिन्छ भन्ने बिषयमा तालिम दिदै आउनुभएको छ । पछिल्लो समय मोटिभेसनल युक्तिलाई जोड दिदै आउनुभएका नेपाली रंगमन्चका नायक निखिल उप्रेती, करिस्मा मानन्धर, हास्यकलाकार निर्मल शर्मा सहितको सहभागितामा जुम बैठक बस्न लागेको हो । प्राथमिक उपचार तालिममा पहिलेदेखी नै अग्रसर नायक उप्रेतीसहितले प्राथमिक उपचार र यसको अबलम्बनका बिषयमा छलफल गर्नुहुनेछ । अभिनेता निखिल उप्रेती, अभिनेत्री करिश्मा मानन्धर, हाँस्य कलाकार निर्मल शर्मा सहित जनस्वास्थ्य विशेषज्ञ डा. रविन्द्र समिर र सामाजिक अभियान्ता ओम उप्रेती रहनुहुनेछ। बैठकमा नेपालका ७७ वटै जिल्लाका र युएईमा प्राथमिक उपचार क्षेत्रमा नै सक्रिय व्यक्तिहरुको सहभागिता रहनेछ । कोरोनाको फैलदो संक्रमणका कारण सुरक्षित रहदै सुरक्षा अपनाउन सन्देश दिने उद्देश्यले जुम बैठक डाकिएको अभियानका प्रमुख सल्लाहकार श्याम कंडेलले बताउनुभयो । सो दिन प्राथमिक उपचारको महत्व दर्शाउदै र कोरोनाको कहरका बेला विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ संक्रमणबाट ज्यान गुमाएका मृतकहरुको चिरशान्ती, संक्रमितहरूकाे स्वास्थ्य लाभ, फन्टलाइनमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीकाे याेगदानकाे उच्च सम्मानमा साँझ ७ः३० बजे घर-घरबाट देशव्यापी रुपमा दिप प्रज्वलन कार्यक्रम राखिएको कंडेलले बताउनुभयो । उक्त कार्यक्रममा सहभागी हुन सबै जिल्ला अभियान, प्रदेश अभियान समितिलाई आग्रह गरिएको छ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण ‘योगदान राष्ट्रका लागि’ को फेसबुक पेजबाट गरिनेछ-उपाध्यक्ष बालगोपाल चुकेले भन्नुभयो । ‘योगदान राष्ट्रका लागि’ अभियान अन्तर्गत देशका हरेक तहमा प्राथमिक तालिम दिने, दुरदराज जहाँ यातायात समस्या छन्, त्यहाँ पनि पुर्ण तालिम उपलब्ध गराई सामान्यतः बहोस हुने, सर्पले टोक्दा, पानीको डुवानमा कसरी बचाउने लगायतका प्राथमिक उपचारबारे तालिम दिइने गरिन्छ । यस्तै देशभर प्राथमिक उपचार पद्धतिको विकास गरि मृत्युुदर कम गर्ने, स्वास्थ जनचेतना फैलाउने, देशमा स्वास्थ्यमा परिवर्तनको संवाहक बन्दै देशका लागि केही योगदान दिने उक्त अभियानकाे मुख्य उद्देश्य रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update