Erani Mahal
पाल्पामा कोरोना परीक्षण गर्ने पिसिआर मेसिन आइपुग्याे !
pcr mechin palpa (1)
पाल्पा– पाल्पामा कोरोना परीक्षण गर्नको लागि पिसिआर मेसिन आएको छ । पाल्पामा कोरोना परीक्षण गर्नको लागि पिसिआर मेसिन स्थापना र ल्याव व्यवस्थापनका लागि सरकारले एक करोड निकासा गरेको थियो । सोही अनुसार पाल्पा अस्पताल व्यवस्थापन समितिले एक हप्ते सूचना जारी गरेर बोलपत्र आव्हान गरेको थियो । पाल्पाको जिल्ला समन्वय समितिको भवनमा निर्माण गरिएको ल्यावमा अत्याधुनिक मेसिन राख्ने गरी तयारी गरिएकोमा शुक्रवार मेसिन आइपुगेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेले बताउनुभयो । उहाँले मेसिन राखेपछि पाल्पा लगायतका क्षेत्रको कोरोना परीक्षणका लागि सहज हुने बताउनुभयो । मेसिन प्रदेश सांसद नारायण आचार्य, अध्यक्ष पाण्डे लगायतले गाडीबाट झारेर ल्यावमा पुर्याउनु भएको छ । पाल्पामा पिसिआर मेसिन स्थापनाको लागि पाल्पा क्षेत्र नं. २ का सांसद सोम प्रसाद पाण्डेले विशेष पहल गर्नुभएको थियो । यस्तै पाल्पाका सांसद दलबहादुर राना, प्रदेश सभा सदस्य नारायण आचार्य, तुलाराम घर्तीलगायतले पनि आफ्नो क्षेत्रबाट पहल गर्नुभएको थियो । पाल्पामा पछिल्लो समयमा समुदाय स्तरमा कोरोना फैलिदै गएको छ मेसिन स्थापना भएपछि पाल्पालीलाई समयमै परीक्षण गरेर नतिजा प्राप्त हुन सहज हुने प्रदेश सांसद नारायण आचार्यले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update