Erani Mahal
पाल्पाका ७९ कोरोनाका सक्रिय संक्रमित कहाँ– कहाँ ? ( हेर्नुहोस सूचि सहित)
corona-virus-covid-19
पाल्पा– पाल्पामा अहिले ७९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाका कोरोनाका संक्रमितहरु होम आइसोलेशन र स्थानीय आइसोलेशन सेन्टरमा उपचार गरिरहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । माथागढीका ८ जना, रामपुरका ० जना, पूर्वखोलाका २ जना, रैनादेवी छहराका ३ जना, रम्भाका १२ जना, बगनासकालीका १० जना, तिनाउका १५ जना, रिब्दीकोटका २ जना, निस्दीका ० जना, तानसेनका २२ जना, अन्य अस्पतालका समेत गरी ५ जना गरेर अहिलेसम्म ७९ जना सक्रिय केशहरु रहेको स्वास्थ्य कार्यालय पाल्पाका कोरोना फोकल पर्सन श्रीकृष्ण भट्टराइले बताउनुभयो । पाँच सय ७० जना निको भएर घर फर्किए पाल्पामा कोरोना जितेर माथागढीका ३० जना, रामपुरका ११९ जना, पूर्वखोलाका १६० जना, रैनादेवी छहराका ३९ जना, रम्भाका ४५ जना, बगनासकालीका ४२ जना, तिनाउका ९ जना, रिब्दीकोटका ८ जना, निस्दीका ९९ जना, तानसेनका १६ जना, गुल्मीका २ जना र अर्घाखाँचीका १ जना कोरोना संक्रमित गरेर अहिलेसम्म ५ सय ७० जना निको भएर घर फर्किएका छन् । दुइजनाको निधन पाल्पाको पूर्वखोलाको एक पुरुष र तानसेनका एक महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । उनीहरुलाइ उपचारको क्रममा पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ भेटिएको हो । पाल्पामा अहिलेसम्म ६ सय ५१ जनामा काेराेना संक्रमण देखिएकाे छ । जसमा दुइजनाकाे निधन भएकाे छ भने ५ सय ७० जना निकाे भएर घर फर्किएका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update