Erani Mahal
पाल्पाकाे बगनासकालीमा ९ र तानसेनमा २ जना काेराेना संक्रमित थपिए
Coronavirus-recession
पाल्पा - पाल्पामा शुक्रवार एकै दिन ११ जनामा कोरोना संक्रमण देखिएकाे छ । शुक्रवार बगनासकाली गाउँपालिकाका ९ जना र तानसेनका २ जनामा काेराेना संक्रमण देखिएकाे हाे । तानसेन र बगनासकालीकाे समुदायकाे क्षेत्रमा गरिएकाे स्वाव संकलनमा रिपोर्ट पाेजेटिभ आएकाे हाे । समुदाय स्तरमा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । तानसेनका १ महिला १ पुरुष र बगनासकालीका २ महिला ७ जना पुरुषमा काेराेना संक्रमण देखिएकाे हाे । संक्रमित हुनेकाे संख्या पाल्पामा ६ सय ५१ पुगेकाे छ । भने ७९ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update