Erani Mahal
पाल्पाकाे डुम्रेबाट लागूऔषध सहित दुई जना युवा पक्राउ
pakrau
पाल्पा - लागूऔषध सहित पाल्पामा दुइ जना युवा पक्राउ परेका छन् । प्रभास चाैकी प्रभास पाल्पाले पाल्पा रामपुर-३, बस्ने बर्ष ३१ को सुरेन्द्र घिमिरे र साेही स्थानका २४ को प्रमोद घिमिरेलाइ लागूऔषध सहित पाल्पाकाे डुमेबाट पक्राउ गरेकाे हाे । बिहीबार बेलुकी बुटवलबाट पाल्पा हुँदै रामपुरतर्फ जादै गरको बा ७० प २९४४ नम्बरकाे माेटरसाइकल पार्किङ गरी नजिकै राखेको मोटरसाइकलबाट तेल चोरी गर्ने क्रममा भागेपछि उनीहरूलाइ प्रहरीले पिछा गरेकाे थियाे । माेटरसाइकलमा भागेका उनीहरू दुबैलाइ तानसेन ८, डुम्रेबाट प्रहरीले नियन्त्रणमा लिइएकाे थियाे । नियन्त्रणमा लिएपछि उनीहरूलाइ जाँच गर्ने क्रममा दुबै जनाको साथबाट डाईजेपाम ४ पिस, आईपिपिएल २ पिस र सिरिन्ज २ सेट फेला परेकाे प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनुभयाे । थप अनुसन्धान कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update