Erani Mahal
तानसेनका जनप्रतिनिधिमा समेत काेराेना संक्रमण देखिएपछि कार्यालय बन्द
Tansen-nagarpalika-1
पाल्पा - तानसेनका जनप्रतिनिधिलाई काेराेना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएकाे छ । नगरपालिकाका जनप्रतिनिधि सहित समुदायमा संक्रमण बढेपछि नगरपालिकाले बिहीबारदेखि कार्यालय बन्द गरेकाे जनाएकाे छ । नगरपालिकाले सूचना प्रकाशन गरेर नगरपालिका र मातहतका सबै कार्यालय बन्द रहने जनाएको छ । कार्यालयहरु अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि बन्द रहने बताइएकाे छ । नगरपालिकाका प्रवक्ता दामाेदरप्रसाद घिमिरेले नगरपालिकाकाे कार्यालय बन्द रहने जानकारी दिनुभयाे । उहाँले केही अत्यावश्यक कामबाहेक अन्य सबै सेवा बन्द गरिएकाे बताउनुभयाे । बिहीबार तानसेनकाे वडा नं १ का २ जना, वडा नं. २ का १ जना, वडा नं. ६ का १ जना, वडा नं. ७ का ३ जना, वडा नं. ८ का २ जना, वडा नं. ९ का १ जना, वडा नं. १० का ४ जना, वडा नं. ११ का १ जना र वडा नं. १२ का २ जना सङक्रमित थपिएका थिए । उनीहरूमध्ये एक वडा अध्यक्ष सहित चार जना जनप्रतिनिधि, बैंकका गार्ड, एम्बुलेन्स चालक, व्यापारी समेत रहेका छन् । पाल्पामा काेराेना संक्रमण तीव्र गतिमा बढेकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update