Erani Mahal
तानसेनमा कोरोना पुष्टि भएका जनप्रतिनिधि आइसोलेशनमा नबसी कार्यपालिका बैठकमा सहभागि !
Long Island Laboratory To Start Semi-Automated Coronavirus Testing
पाल्पा-पाल्पामा तानसेनका जनप्रतिनिधि सहित थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हप्ता अघि स्वाव संकलन गरिएका उनीहरुले स्वास्थ्य मापदण्ड पालना नगरी नगरपालिकाको बैठकमा समेत सहभागि भएकाे पाइएकाे छ । बुधवार दिनभर जारी नगरपालिकाको बैठकमा तिनीहरु सहभागि भएका थिए । स्वास्थ्य मापदण्डमा स्वाव संकलन भएको व्यक्तिहरु नतिजा नआउँदा सम्म घरमै सुरक्षित तवरले आइसोलेशन/ क्वारेन्टिनमा बस्नुुपर्ने भएपनि पाल्पाका कुनै पनि स्थानमा त्यस्तो मापदण्ड पालना नगरेको पाइन्छ । जसले गर्दा समुदाय स्तरमा समेत संक्रमण फैलिन सक्ने जोखिम बढ्ने गर्दछ । सर्वसाधारण जनतालाई सम्झाउने र उनीहरुलाई होम आइसोलेशन र स्वास्थ्यको मापदण्ड अनुसार राख्नुपर्ने जिम्मेवारी पाएको स्थानीय सरकारका प्रतिनिधिले नै नियम उलंघन गर्दै हिड्दा पाल्पाको गाउँ गाउँसम्म कोरोना फैलिएको हुन सक्ने शंका छ । पाल्पामा सिल गरिएका क्षेत्रका र संक्रमण पोजेटिभ नतिजा आएका मानिस समेत निर्वाध रुपमा अन्यत्र आवत जावत गर्ने गरेको गुनासो यस अघि पनि पटक पटक आएको थियो । संक्रमणको जोखिमको घडिमा स्वयम् व्यक्तिहरु नै सर्तकता अपनाउनुपर्नेमा उनीहरु झन खुलम खुला हिड्दा जोखिम थप बढ्न सक्ने आँकलन गरिएको छ । यस्तै तानसेनको बजार विहान ७ देखि ५ बजेसम्म खुल्ने भएता पनि व्यवसायीहरुले समेत कुनै पनि स्वास्थ्य सजगता अपनाउने गरेका छैनन् । उनीहरुले माक्स, सेनिटाइजर जस्ता स्वास्थ्य सजगताको सामग्रीको प्रयोग समेत नगर्दा भिडभाडको समयमा संक्रमण फैलिन सक्ने देखिन्छ । त्यसतर्फ सम्बन्धित निकायहरुको ध्यान आवश्यक छ । बुधवार राती प्राप्त नतिजामा तानसेनका ४ जना जनप्रतिनिधि सहित १९ जना र रम्भा गाउँपालिका ९ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार उहाँहरु सबै टाभल हिस्टी नभएको संक्रमित भएकोले समुदाय स्तरमा कोरोना फैलिएको आशंका भएको बताउनुभयो । बुधवार मात्रै पूर्वखोलाका थप दुई जना गरेर ३० जनाको नतिजा प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पामा यो सँगै कुल संक्रमितको संख्या ६ सय ४० पुगेको छ । भने बुधवारसम्म्मा कोरोनालाई जितेर ५ सय ७० जना घर फर्किएका छन् भने दुई जनाको निधन भएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update