Erani Mahal
तानसेनका जनप्रतिनिधि सहित २८ जनामा काेराेना संक्रमण
corona-virus-covid-19
पाल्पा - पाल्पामा बुधबार एकै दिन पाल्पामा ३० जनामा कोरोना संक्रमण देखिएकाे छ । बुधबार अबेर रम्भा गाउँपालिकाका ९ जना र तानसेनका १९ जनामा काेराेना संक्रमण देखिएकाे हाे । तानसेनकाे बतासेडाडा, कैलाशनगर, प्रभास, बर्तुग, बृन्दाबन, बिशालबजार लगायतका क्षेत्रमा लिइएका स्वाबको रिपोर्ट पाेजेटिभ आएकाे हाे । तानसेनका जनप्रतिनिधिमा समेत काेराेना संक्रमण देखिएकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । तानसेन वडा नं. २ का दुइ, वडा नं. २ का एक, वडा नं. ६ का एक, वडा नं. ७ का तीन, वडा नं. ८ का दुइ, वडा नं. ९ का एक, वडा नं. १० काे चार, वडा नं. ११ काे एक र वडा नं. १२ काे दुइ जनामा काेराेना संक्रमण देखिएकाे हाे । संक्रमित हुने तानसेनका १४ पुरूष र तीन जना महिला रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update