Erani Mahal
समयमै मल नपाउदा पाल्पाका किसान चिन्तित
mal
सन्जय पहारी पाल्पा - पाल्पामा धान उत्पादन वृद्धि गर्न चाहिने मल समयमै उपलब्ध नहुँदा पाल्पाका किसानहरु चिन्तित भएका छन । पाल्पाका माडी रामपुर अर्गली लगायतका फाँटमा धानबाली लगाएका किसानहरु समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने भन्दै चिन्तित बनेका हुन् । उनीहरुले बन्दाबन्दीकाे समयमा पनि कृषिजन्य सामग्री ढुवानीमा सरकारले सहयाेग गरेकाे भएता पनि विचाैलियाकाे कारण समयमै मल नपाएकाे गुनासाे गरेका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले राख्ने समयमा उपलब्ध नहुँदा उनीहरु चिन्तित देखिएका हुन् । बगनासकाली गाउँपालिका-२ पोपोखराथोकमा रहेको जनकल्याण कृषि सहकारीमा मल आई नपुग्दा किसानहरुलाई विगत २ महिनादेखि मल उपलब्ध गराउने भनेपनि सहकारीमा मल आईनपुग्दा धानबालीको उत्पादनबाट वर्षदिनको दैनिक घरखर्च चलाउनुपर्नेमा अहिले मल नपाउँदा किसानहरु चिन्तित भएकाे स्थानीय किसानले बताएका छन । सहकारीले मल आउने भनेपनि अहिलेसम्म मल आईनपुग्दा बाहिरबाट चर्को मूल्य लिई व्यापारीहरुले कालोबजारीमा उपलब्ध गराउने गरेको किसानहरुले आरोप लगाएका छन। बगनासकाली गाउँपालिकाका कृषक लिलानाथ न्यौपानेले धान खेतीको बेलामा मल उपलब्ध नहुँदा र सरकारले कृषकहरुलाई मल उपलब्ध नगराएकोमा दुःख लागेको बताउँदै लगातार महिनौ दिनदेखि मलको पर्खाईमा दिन बित्ने गरेको र किसानहरुलाई सहज तरिकाले सरकारले मल उपलब्ध गराउनु पर्ने बताउनुभयो। सरकारले कृषिमा जोड दिए पनि कृषकहरुलाई आवश्यक परेको बेला सहजरुपमा मल उपलब्ध नहुँदा उनीहरु चिन्तित भएका छ्न । खेतमा धानवाली लगाईएको अवस्थामा सहजरुपमा मल उपलब्ध नहुँदा यस वर्ष धानको उत्पादन घट्नेमा किसानहरु चिन्तित देखिएका छ्न।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update