X

बुटवलमा दुई जना काेराेना संक्रमितकाे मृत्यु

रानीमहल संवाददाता || १८ भाद्र २०७७,बिहीबार १५:०७
a

बुटवल – रुपन्देहीको बुटवलमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पाताल बुटवलका अनुसार सैनामैना नगरपालिका ११ की ७७ बर्षिया महिलाको बिहीबार बिहान ४ः३० बजे मृत्यु भएको हो । उनी बुधबार ७ बजे उपचारका लागी लुम्बिनी अस्पताल आएकी थिईन ।

अस्पताल आउँदा ज्वरो रहेको उनलाई जिन एक्सपर्टबाट परिक्षण गर्दा कोरोना पुष्टी भएको थियो । उनी ३/४ दिन देखि निमोनियाले ग्रस्त थिईन ।

त्यसै गरी बुटवलको सामुदायिक मुटु अस्पतालको भेन्टिलेटरमा उपचाररत प्यूठान स्वर्गद्धारी नगरपालिका वडा नं.७ का ५८ बर्षिय पुरुषको बुधबार राती मृत्यु भएको स्वास्थ कार्यालय प्यूठान शाखा प्रमुख दलबहादुर केसीलेले जानकारी दिनुभएकाे छ ।

निमोनिया र लिभरमा समस्या देखिएपछि उनलाई उपचारका लागी भदौ १० गते सामुदायिक मुटु अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा भदौ १५ गते स्वाव संकलन गरी परिक्षण गर्दा भाद्र १६ गते कोरोना पुष्टि भएको थियो । अस्पतालको भन्टिलेटरमा उपचाररत उनको बुधबार राती ९ः१० बजे मृत्यु भएको अस्पातलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५