Erani Mahal
पाल्पाकाे डबकामा गाेठ भत्किदा भैंसी र कुखुरा च्यापियाे
pahiro-le
पाल्पा । पाल्पाकाे रिब्दिकाेट डबकामा गाेठ भत्किदा भैंसी र कुखुरा च्यापिएकाे छ । रिब्दिकोट गाउँपालिका-७ डबका बस्ने ईमानसिंह कुँवरको ढुङ्गा माटोले बनेको जस्ता पाताको छानो भएको २ तले कच्चि गोठ भत्किदा भैंसी र कुखुरा च्यापिएकाे प्रहरीले जनाएकाे छ । उक्त घरमा रैनादेवी गा.पा.-५ मुझुङ घर भएकी बर्ष ५५ की पार्बती खड्काले भैंसी र कुखुरा पालन गर्दै आईरहेकोमा उक्त गोठ जिर्ण भएको कारण आफै भत्किन भएकाे हाे । [caption id="attachment_3778" align="alignnone" width="900"] समाचार प्रतिनिधि फाइल तस्विर गुगलबाट [/caption] गोठ भित्र रहेका १० ओटा लोकल कुखुरा र १ ओटा भैंसीको पाडोको च्यापिन गई घटनास्थलमै मृत्यु भएको छ भने १ ओटा भैसी घाईते भएको प्रहरीले जनाएकाे छ । घटना स्थलमा इलाका प्रहरी कार्यालय मुझुङबाट प्रहरी नायव निरिक्षक दुर्गा बहादुर के.सी.को कमाण्डमा ४ जनाको टोली खटिई गई ३ लाख बराबरको क्षेती भएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रहरी कार्यालय मुझुङ्ले जनाएकाे छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update