Erani Mahal
सच्चाई धर्ममा लागेपछि मुटुको औषधी सेवन गर्न छाडेकी थिइन् कोरोनाबाट मृत्यू भएकी महिलाले
CORONA-DEATH-2
पाल्पा । करिब ७ महिना अगाडि सच्चाई (इसाई) धर्ममा लाग्नुभएकी पाल्पा तानसेन ८ मदनपोखराकी महिलाले प्रभुले रोग निको बनाउने भन्दै औषधी सेवन बन्द गरेको पाइएको छ । यस अघि हिन्दू धर्ममा रहनुभएकी ति महिलाले प्रभु यसुले सम्पूर्ण रोग निको बनाउने विश्वासको साथमा लामो समयदेखि प्रयोग गर्दै आइरहेको मुटुको औषधी सेवन गर्न छाडेको स्थानीयले जनाएका छन् । लामो समयदेखि मुटुको विमारले ग्रसित ३० वर्षिय महिलाको गत ७ गते लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि आएपछि स्वाव संकलन गरिएको थियो । उहाँको रिपोर्ट पोजेटिभ आएपछि लुम्बिनी मेडिकल कलेजको आइसोलेशनमा राखेर उपचार भइरहेको थियो । तर मुटुको रोगी भएको र एक्कासी स्वास्थ्यमा समस्या आएपछि शुक्रवार भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहँदा उहाँको निधन भएको हो । यस अघि पनि पोखरामा एक जना पाष्टरले कोरोना लाग्दैन प्रभुले बचाउनु हुन्छ भन्दै हिड्दा प्रहरीले पक्राउ गरेको थियो । हिन्दू धर्म रुढीवादी भएको र सच्चाई विश्वासी धर्म इसाई (क्रिश्चियन) रहेको भन्दै पछिल्लो समयमा विभिन्न प्रलोभनमा धर्म परिवर्तन गर्नेहरुको संख्या बढ्दै गइरहेको छ । नेपालमा धर्म निरपेक्षता भएसँगै थप यो क्रम गाउँ गाउँसम्म पुगेको छ तर त्यही सच्चाई धर्म मान्नेहरुको चरम अन्धविश्वासको कारण अहिले धेरैले अकादमै ज्यानै गुमाउनु परेको अवस्था आएको छ । त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्नु आवश्यक रहेको छ । मदनपोखराकी समुदाय स्तरको महिलामा कोरोना देखिएपछि अहिले त्यस क्षेत्रमा कन्ट्याक्ट टेसिंग गरिएको छ । मृतक महिलाको डेढ वर्षको छोरा, छोरी र श्रीमान सहित चारजनाको परिवार रहेको छ । उनको श्रीमान र छोरालाई भने कोरोना नेगेटिभ देखिएको छ । उनको छोरी सहितको स्थानीयको भने बुधवार स्वाव संकलन गरिएको छ । उनी धर्मको प्रचारक भएको र तानसेनको मदनपोखरा, तेल्धा, मस्याम क्षेत्रसम्म गएको आधारमा कन्ट्याक्ट टेसिंग गरिएको स्थानीय पत्रकार मानु हिस्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सच्चाई (विश्वासी) धर्ममा लागेपछि मुटुको औषधी सेवन समेत नगरेको भन्ने जानकारी स्थानीयले गराएको बताउनुभयो । कोरोनाको कारण नेपालमा जटिल रोगी र वृद्धाहरुलाई बढी मात्रामा असर गरेको छ । दीर्घ रोगी र वृद्धाहरुले कोरोनाबारे थप सजगता अपनाउनु पर्ने र यस्ता अफवाहबाट बच्नुपर्ने विज्ञहरुको सुझाव रहेको छ । मृतक महिलामा काेराेना कसरी सर्याे भनेर अनुसन्धान जारी रहेकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update