Erani Mahal
निस्दी आवाज युवा संजालकाे अनलाइन तीज गीत प्रतियोगितमा समाज उज्ज्वल प्रथम
118340006_996214277559996_245513114038961975_n
पाल्पा- निस्दी आवाज युवा संजालले अनलाइन तीज गीत प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ। कोभिड १९ कोरोना भाइरस जोखिमका कारण आयोजना गरिएको अनलाइन तीज गीत प्रतियोगितामा विभिन्न २३ समुहको सहभागिता रहेको थियो । तीज गीतको नतिजा भर्चुअल माध्यमबाट मंगलबार लोक तथा दोहोरी गायक बद्री पंगेनीले सार्वजनिक गर्नुभएको थियो । गत भदौ ४ गतेदेखि ६ गतेसम्म निस्दी आवाज युवा संजालको आधिकारिक फेसबुक ग्रुप निस्दी आवाजमा पोस्ट गरेको तीज गीत भिडियोको नतिजा ४० प्रतिशत लाइक र सेयर तथा ६० प्रतिशत निर्णयकमण्डल हरुको मुल्यांकनबाट गरेको थियो । निर्णयकहरुमा चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी , लोक दोहोरी गायिका जमुना राना र मोडल तथा निर्देशक सुमन थापा रहनुभएको थियो । प्रतियोगितामा पहिलो समाज उज्ज्वल महिला समूह निस्दी-४, मित्याल भोर्मा , दोस्रो निस्दी -४, मित्याल , छापडँडाको समूह र तेस्रो निस्दी -७, ज्यामिरे हुबासको समूह भएको छ। त्यस्तै उत्कृष्ट शब्दमा ज्यामिरेको धन माया दिशुवा र उत्कृष्ट नृत्यमा ज्यामिरेकै सृष्टि वाह्राघरे हुनुभएको छ । विजेता सबैले नगद र प्रसंसा पत्र प्राप्त गरेका छन। उज्यालो निस्दी अभियान शिर्षकमा रहेर प्रस्तुत तीज गीतमा विशेषगरी निस्दीबासीले विधुत बिस्तार नहुदा भोगेका समस्याको बारेमा उठान गरेका थिए। निस्दी आवाज युवा संजालका सदस्य मोम बहादुर सोमैले स्वागत मन्तव्यबाट सहभागी सबैलाई , कार्यक्रम सफल पार्न सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद प्रकट गर्नुभएको छ । निस्दी आवाज युवा संजालका वरिष्ठ सल्लाहकार खुम प्रसाद सारुले अध्यक्षताको असनबाट बोल्नुहुँदै सामाजिक संजालबाट शुरु भएको उज्यालो निस्दी अभियान सफल पार्न आफुहरु सदैब लागिपर्ने बताउनुहुँदै आगामी दिनमा संस्थागत रूपमा दर्ता गरेर अगाडि बढने बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update