Erani Mahal
पाल्पामा समुदाय स्तरका एक सहित थप चार जनामा कोरोना संक्रमण
korona-
पाल्पा । पाल्पामा समुदाय स्तरका एक सहित चार जनामा कोरोना संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको अनुसार मंगलवार तिनाउ गाउपालिकाका एक समुदाय स्तरको महिलामा कोरोना देखिएको हो । यस्तै रिव्दीकोट गाउँपालिकामा ३ जना भारतबाट आएर होम क्वारेन्टाइनमा रहेकालाइ समेत कोरोना पोजेटिभ देखिएको हो । अहिले पाल्पामा तीन जना समुदाय स्तर सहित ५ सय ७३ जनामा कोरोना देखिएको छ । पाल्पामा ५ सय ६१ जना कोरोना जितेर घर फर्किएका छन् भने एकजनाको मृत्यू भएको छ । मंलवार थपिएको चार सहित पाल्पामा ११ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update