Erani Mahal
रुपन्देहीमा ५५ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु
CORONA-DEATH-2
बुटवल-रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उनको सोमबार राति भीम अस्पतालमा मृत्यु भएको हो । एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले डिस्जार्चका लागि दवाव दिएकाले उनलाई भीम अस्पतालमा भर्ना गरिएको परिवारका सदस्यले बताएका छन् । गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले उनको मृत्यु भएको पुष्टि गर्नुभयाे । योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update