Erani Mahal
पाल्पामा फेरी घरमै बसेकी महिलामा कोरोना संक्रमण !
korona niko
पाल्पा– पाल्पामा थप एकजना घरमै बसेकी महिलामा कोरोना संक्रमण भएको पाइएको छ । आइतवार प्राप्त नतिजामा पाल्पा तानसेन मदनपोखराकी एक घरमै बसेकी महिलामा कोरोनाको संक्रमण भेटिएको हो । विरामी भएर लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि आएकी महिलाको लक्षण देखिएर स्वाव पठाइएकोमा उनमा पोजेटिभ भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । उहाँको ट्राभल हिस्ट्री पत्ता लगाइ थप अनुसन्धान गरिने पन्थीले बताउनुभयो । यस अघि तानसेन ४ मा पनि घरमै बसेकी महिलामा कोरोना पोजेटिभ आएको थियो । पाल्पामा अहिलेसम्म ५ सय ६६ जनामा कोरोना देखिएको छ । उनीहरु मध्ये ५६४ जना भारत बाट आएका हुन् भने २ जना समुदाय स्तरको महिला रहको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कोरोनाको कारण पाल्पामा १ जनाको मृत्यू भएको छ भने ५६१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update