Erani Mahal
निषेधाज्ञा सँगै पाल्पा सदरमुकाम तानसेन सुनसान !
117950931_1501423746731320_6307214956953741484_n
पाल्पा– जिल्ला प्रशासन कार्यालय पाल्पाद्वारा जारी एकहप्ते निषेधज्ञाको पहिलो दिन पाल्पा सदरमुकाम तानसेन सुनसान बनेको छ । प्रशासनले सम्पूर्ण नाकामा प्रहरी परिचालन गरी चोकचोकमा सुरक्षा उपस्थिति बढाएसँगै जिल्ला सुनसान भएको छ । प्रहरीले बाटोमा लखरलखर हिड्नेलाई घरभित्र बस्न र अत्यावश्यक काम बाहेक बाहिर हिडडुल नगर्न माइकिङ्ग समेत गरेको छ । अत्यावश्यक सेवा बाहेक अन्य सवारी साधनहरु चलेका छैनन, भने अन्य दिनमा जस्तो स्थानीयहरु भने बजारमा हिडडुल समेत गरेका छैनन् । काेराेना संक्रमण फैलिनबाट राेक्न पाल्पा प्रशासनले पाल्पामा ५ गते राती १२ बजेदेखि १२ गते राती १२ बजेसम्म निषेधज्ञा जारी गरिएको हो । प्रशासनले सूचना निकालेर अत्यावश्यक काम बाहेक अन्य समयमा घरबाहिर हिड्डुल नगर्न आग्रह गरेकाे छ । उसले निषेधालाइ वेवास्ता गरेकाे पाइएमा संक्रामक राेग एेन अनुसार कारवाही गर्ने समेत जनाएकाे छ ।
प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update