Erani Mahal
दुर्गेश थापाको आलु जस्तो गायक छोटो समयमै चर्चामा
Screenshot_2020-08-22-09-57-08-03
थम्मन थापा बागलुङ । आजकल गीत संगीतको बजारले रौनकता पाएको छ । दिनहुँ नयाँ नयाँ गीति एल्वमहरु कलाकार र सर्जकहरुले पस्कने क्रम पनि बढ्दो छ । अहिले डिजिटल प्रविधिले कलाकारले प्रस्तुत गरेका गीत संगीतहरु क्षण भरमा दर्शक श्रोताको माझमा प्रस्तुत गीत इन्टरनेटको सहज उपलब्धताले यसमा पुलको काम गरेको छ । युट्युव देखि विभिन्न सामाजिक सञ्जालहरुले विश्वभर छरिएर रहेका आम गीत संगीतप्रेमी श्रोता दर्शकले गीत संगीत सहजै रूपमा सुन्न र हेर्न पाउँछन् । बागलुङको गलकोट क्षेत्र पनि गीत संगीतको एउटा उर्वर भूमिको रूपमा परिचित छ । गलकोटले दर्जन बढी कलाकारहरु जन्माएको छ । धेरै कलाकार मध्यका एक हुन् दुर्गेश थापा जो पछिल्लो समय मोडलिङ र गायन क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै एउटा विशिष्ट पहिचान बनाउन सफल भएका छन् । उनले थुप्रै गीत संगीतमा मोडलिङ गर्नुका साथै आफ्नै स्वर भरेर बजारमा पस्केका गीत संगीतले दर्शक श्रोताको उत्तिकै माया पाएको छ । पछिल्लो पुस्ताका लोकप्रिय कलाकार दुर्गेश थापाले केही दिन पहिले युट्युवमा सार्वजनिक गरेको नयाँ गीत आलु जस्तो गायकले अहिले दर्शक श्रोताको माया पाउने क्रम बढ्दो छ । गीतले निकै छोटो समयमा चामत्कारिक सफलता पाएको छ ।गीत गाउने क्रममा अग्रज कलाकारको नाम गलत र सुर ताल बिगारेको भन्दै एक टेलिभिजन अन्र्तवार्ताबाट केही समय पहिला बिवाद र आलोचना खेपेका थापाले यस गीतलाई इनाक्छी इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरेका थिए । गीत अपलोड भएको २४ घण्टामै अहिले युट्युव ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ । यो समाचार तयार पार्दा सम्म युट्युवमा ६ लाख ५० हजार बढी दर्शकले गीतको म्युजिक भिडियो हेरिसकेका छन् । सालको पात टपरी जस्ता करोड क्लबमा प्रवेश गर्न सफल अनगिन्ती गीतको संगीत सिर्जना गरेका लोकप्रिय गायक तथा संगीतकार वसन्त थापाको साथ गीतको लोकप्रियताका लागि महत्वपूर्ण कडि मानिएको छ । यो गीत सँगै संगितकार थापाले गायक अनुसार संगीत भर्न सक्ने आफ्नो सामथ्र्यलाई पनि आम संगीतप्रेमीका माझमा प्रस्तुत गरेका छन् । युवा पुस्ता माझ गत वर्षको तीज गीत हामी पनि नाँच्नुपर्छ बीच बीचबाट गायक तथा मोडेल थापाले सर्वाधिक सफलता प्राप्त गरेका थिए । श्रोता दर्शकको माया र सद्भावसँगै नयाँ खालको सिर्जना दिने प्रयासमा पछिल्लो गीत ल्याएको र उत्साहजनक प्रतिक्रिया पाइरहेको गायक थापाले बताए । गीतको शव्द संगीतसँगै म्युजिक भिडियोलाई पनि धेरैले रुचाएका छन् । अग्रज कलाकारको सुझाव सहितको भनाइबाट आरम्भ गरेको भिडियोमा नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय छ । गायक तथा मोडल थापाले आगामी दिनमा निरन्तर गीत संगीतलाई श्रोता दर्शकको रुचि अनुरूप सृजना प्रस्तुत गर्दै जाने उल्लेख गरेका छन् । गीतको पुरा भिडियो । https://youtu.be/mxlcwSd6a8c
प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update