Erani Mahal
पाल्पामा विद्युत सर्ट हुँदा एक जनाको ज्यान गयो
current
पाल्पा- पाल्पामा विद्युत सर्ट हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको रैनादेबी छहरा गाउपालिका- ६ खुनधारा बस्ने यम बहादुर रास्कोटीको श्रीमती बर्ष २७ की दिलकुमारी पुनको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले बताउनुभयो । रास्कोटीलाई अचानक घरमा रहेकाे मिटर बक्सकाे बिधुत सर्ट भइ करेन्ट लागि बेहोस हुनुभएकाे थियाे । उहाँकाे उपचारको लागि मिसन अस्पताल तानसेनमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । करेन्टलागेर उहाँकाे बुबा बर्ष ५२ को झमन सिंह पुनलाई समेत दाईने हातको पन्जामा सामान्य चाेट लागेको छ । उहाँकाे मिशन अस्पताल पाल्पामा उपचार भैरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update