Erani Mahal
काेभिड संक्रमण राेक्न पाल्पामा भाद्र ५ गतेदेखि १२ गते सम्म निषेधाज्ञा जारी
palpa dao
पाल्पा - काेभिड संक्रमण राेक्न पाल्पामा भाद्र ५ गतेदेखि १२ गते सम्म निषेधाज्ञा जारी गरिएकाे छ । कोभिड १९ को संक्रमण रोक्न पाल्पामा प्रमुख जिल्ला अधिकारी रमेश न्याैपानेद्वारा २०७७ भाद्र ५ गते १२ बजेदेखि लागू हुने गरी २०७७ भाद्र १२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गर्नुभएकाे हाे । सरकारले स्थानीय रुपमा काेभिडकाे असर हेरी निषेधाज्ञा र कर्फ्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाइ दिएपछि पाल्पामा पनि निधेधाज्ञा जारी गरिएकाे हाे । जिल्ला स्तरीय सर्व पक्षिय निर्णय र बैठकबाट पाल्पामा काेभिड संक्रमण राेक्न पाल्पामा भाद्र ५ गतेदेखि १२ गते सम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएकाे बैठकमा सहभागि पत्रकार महास‌ंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले जानकारी दिनुभयाे । यस अघि गुल्मी जिल्ला र छिमेकी जिल्ला रुपन्देही र स्याङ्जा जिल्लाले लकडाउन र निषेधाज्ञा जारी गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update