Erani Mahal
तानसेनमा मास र कन्ट्रयाक्ट ट्रेसिङ्बाट ३३५ जनाकाे स्वाब संकलन
pp
पाल्पा – पाल्पाको तानसेन–४, की एक महिलामा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रसिङ् र मास ट्रसिङ् गरिएको छ । घरमै बस्दै आएकी ४० वर्षिया महिलामा पाँच दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायमा कोरोना देखिएको भन्दै मास र कन्ट्रयाक्ट ट्रसिङ् गरिएको हो । [caption id="attachment_12680" align="alignnone" width="960"] तस्विर : रामजी पाेखरेलकाे फेसबुक पेजबाट ।[/caption] ट्रसिङ्का आधारमा सोमाबार तानसेनको संक्रमित पहिचान भएको क्षेत्र र महिलासँग सम्पर्कमा रहेका मानिस गरी ३३५ जनाको स्वाब सङ्कलन गरिएको छ । तानसेन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक झविन्द्र न्यौपानेले मास र कन्ट्रयाक्ट ट्रसिङ्बाट प्राप्त विवरणका आधारमा ३३५ जनाको स्वाब संकलन भएको जानकारी दिनुभयो । मास र कन्ट्रयाक्ट ट्रसिङ्बाट ११६ जना महिला र २१९ जना पुरुषको स्वाब संकलन गरिएको हो । उहाँले स्वाब परीक्षणका लागि काठमाडौँ पठाइने र रिपोर्ट आउन केही दिन लाग्ने बताउनुभयो । उहाँका अनुसार तानसेनको विशालबजार क्षेत्रमा बसोबास गर्ने प्रत्येक घरको एक जनाको स्वाब लिइएको छ । संकलित स्वाब रिपार्टका आधारमा मात्र समुदाय स्तरमा अझ कोरोना फैलिएको छ या छैन भन्ने यकिन हुनेछ । केही दिनअघि लुम्विनी मेडिकल कलेजको निगरानीमा उपचाररत महिला थप उपचारका लागि काठमाडौँ जाने प्रक्रियाका लागि स्वाब परीक्षणमा कोरोना पोजेटभ रिपोर्ट आएको थियो । समुदायमा कोरोना कहाँबाट कसरी फैलिएको हो वा होइन रिपार्ट आएपछि थप कुरा भन्न सकिने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा यसअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका र कोरोना संक्रमितको उपचारका संलग्न गोरखदल गणका सेनामा मात्र कोरोना संक्रमण देखिएको थियो । पाल्पामा हालसम्म ५६१ जनालाई कोरोना संक्रमण देखिएको थियो । त्यसमध्ये १ जनाको मृत्यु भएपछि संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update